अफ्रिका कप अफ नेसन्स : बुर्किना फासोसँग अल्जेरियाको बराबरी
ekantipur.com · Sun Jan 21 01:04:04 GMT 2024
काठमाडौँ — उपाधिको बलियो प्रत्याशी अल्जेरियाले अफ्रिका कप अफ नेसन्सको समूह ‘डी’ को खेलमा बुर्किना फासोसँग शनिबार २–२ को बराबरी खेलेको छ । अल्जेरियाका लागि बाघडाडा बानेडजले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा बराबरी गोल गरे ।
यो नतिजापछि अल्जेरिया दुई खेलबाट दुई अंकमै सीमित रह्यो र समूहको तेस्रो स्थानमा रह्यो । एंगोला र बुर्किना फासो भने सामान चार अंकमा समूहको शीर्षमा छन् । समूहको अर्को खेलमा एंगोलाले मौरिटानियालाई ३–२ ले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)