मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हवाई दुर्घटनाको जाँचबुझका लागि स्थायी निकाय गठन गर्न सुझाव

gorkhapatraonline.com · Fri Dec 29 01:09:18 GMT 2023

काठमाडौँ, पुस १३ गते । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको जाँचबुझ आयोगले हवाई दुर्घटनाको जाँचबुझ गर्ने स्थायी निकाय गठन गर्न सरकारलाई सुझाव दिएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले अन्तर्राष्ट्रिय हवाई उड्डयनलाई गाइड गर्ने सिकागो महासन्धिको अनुसूची १३ बमोजिम दुर्घटनाको अनुसन्धान गर्न स्थायी निकाय गठन गर्नुपर्ने सुझाव दिएको हो ।

जाँचबुझ आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई जहाज दुर्घटनाको पूर्वप्रतिवेदन हस्तान्तरण गर्दै मानवीय र प्राविधिक स्रोतसाधनसहितको अनुसन्धान निकाय गठन गर्न सुझाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)