लाग्यो दसैँ, चिनी र नुन बढी बिक्री
gorkhapatraonline.com · Mon Oct 12 03:07:55 GMT 2026

दसैँतिहारलाई लक्ष्य गरी दाङको घोराहीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा उपभोक्ताको चहलपहल बढेको छ ।
चाडपर्वका बेला चिनी र नुनको माग बढेसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको दाङ शाखाले सञ्चालन गरेको पसलबाट २० दिनमा २७ लाख रुपियाँभन्दा बढीको चिनी र नुन बिक्री भएको छ । घोराही उपमहानगरपालिका–१५ मा असोज १ देखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट चार हजार ८०८ जना उपभोक्ताले चिनी र नुन खरिद गरेका छन् । उक्त अवधिमा २७ लाख ५५ हजार २२० रुपियाँ बराबरका सामग्री बिक्री भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)