मुक्तिनाथ क्यापिटलद्वारा लिन्फोड कलेजमा वित्तीय साक्षरता कार्यक्रम, १०० विद्यार्थी सहभागी
arthasansar.com · Mon Oct 12 03:05:55 GMT 2026

मुक्तिनाथ क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा ताल्छेंनस्थित लिन्फोड कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। असोज २३ गते आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थी सहभागी भएका थिए।
विद्यार्थीलाई धितोपत्र तथा पुँजी बजारबारे आधारभूत ज्ञान प्रदान गर्ने र लगानीसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा सेयर बजारमा प्रवेश गर्नुअघि जान्नुपर्ने विषयदेखि लगानी गर्दा अपनाउनुपर्ने सावधानीसम्मका विषयमा जानकारी दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)