सन्दीप लामिछाने बने नेपाली ओडिआई टोलीका नयाँ कप्तान
nepalnews.com · Mon Aug 10 13:46:34 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडिआई कप्तानमा स्पीनर सन्दीप लामिछाने नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो।
सन्दीप चार वर्षपछि पुनः कप्तानी भूमिकामा फर्किएका हुन्। यसअघि सन् २०२२ मा उनी नेपाली टोलीको कप्तान बनेका थिए। तर बलात्कार मुद्दा परेपछि उनलाई कप्तानी जिम्मेवारीबाट हटाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)