मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अरुण-३ को म्याद फागुन २०८४ सम्म थपियो

kendrabindu.com · Mon Oct 12 03:24:02 GMT 2026

काठमाडौं । निर्माणाधीन रहेको ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने म्याद फागुन २०८४ सम्म थप गरिएको छ । २३ असोज बसेको लगानी बोर्डको बैठकले म्याद थपको निर्णय गरेको हो । संखुवासभामा निर्माणाधीन आयोजनाको उत्पादनतर्फको भौतिक प्रगति ७७.५ प्रतिशत पुगेको छ भने प्रसारणलाइनतर्फ ६० प्रतिशत काम सम्पन्न भएको छ ।

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) ले आयोजना निर्माण गरिरहेको छ । २०७५ मा निर्माण सुरु भएको आयोजनालाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित लक्ष्यअनुसार चैत २०८१ सम्म निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन सुरु हुनुपर्ने थियो । तर, कोभिड लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएपछि विकासकर्ता कम्पनीले व्यावसायिक उत्पादन सुरु गर्ने मिति (सीओडी) १८ महिना थप गर्न लगानी बोर्डमा निवेदन दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)