काठमाडौं उपत्यकामा एलपी ग्यास बिक्रीका लागि ११ स्थान तोकिए
clickmandu.com · Mon Oct 12 03:20:49 GMT 2026

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको सहज बिक्री तथा वितरणका लागि ११ वटा बिक्री केन्द्र तोकेको छ । चाडपर्वका समयमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि संघले नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा बिक्री केन्द्र तोकेको हो ।
संघका अनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात भइरहेको र भदौ महिनामा मात्रै ४२ लाख ९१ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)