पब्जी विश्वकपको फाइनलमा नेपाली टोली ‘होरा इस्पोर्ट्स’, १ करोड २५ लाख रुपैयाँ सुरक्षित
techpana.com · Mon Aug 10 13:52:07 GMT 2026
काठमाडौं । नेपाली पब्जी मोबाइल टोली ‘होरा इस्पोर्ट्स’ पब्जी मोबाइल विश्वकप २०२६ को ग्रान्ड फाइनल्समा प्रवेश गर्न सफल भएको छ । प्रतियोगिताको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेसँगै टोलीले विश्वकपको अन्तिम भिडन्तका लागि आफ्नो स्थान सुरक्षित गरेको हो ।
समूह चरणको खेलमा ९८ अंक प्राप्त गर्दै होरा इस्पोर्ट्सले विश्वका अन्य प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष पाँचमा रहन सफल भएको थियो । अब अगस्ट १४ देखि १६ सम्म (शुक्रबारदेखि आइतबारसम्म) सञ्चालन हुने ग्रान्ड फाइनल्समा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)