प्रतिनिधिसभामा कोरम पुर्याउनै धौधौ
annapurnapost.com · Mon Aug 15 00:20:00 GMT 2022
काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भयो। विधेयकहरूमाथि छलफल गर्ने र पारित गर्ने प्रक्रिया अगाडि बढिरहेका बेला सांसदहरू हाजिर गर्दै निस्किने गरेको पहिलोपटक भने होइन। सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो।
बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेको संसद् सचिवालयले जानकारी दिएको हो। बैठक १५ मिनेटसम्म स्थगित भएपछि ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो। सांसदहरू संसद् मा आउने र हाजिर गरेर टाप कस्ने गरेकोले यसअघि पनि संसद् स्थगित हुँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)