एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
kendrabindu.com · Mon Aug 10 14:02:47 GMT 2026

काठमाडौं । एनएमबि बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मनाङ जिल्लामा निर्माण भईरहेको दुध खोला जलविद्युत आयोजना,दुध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. द्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।
दुध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. को प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल लि. तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ । यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक को रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह—अगुवा बैंकको रुपमा रहेको छ । ६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु. १२ अर्ब ९० करोड रहेको छ, जसमध्ये बैकहरुको ऋण लगानी रु. ९ अर्ब ६७ करोड रहनेछ । एनएमबि बैंक लि.ले ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)