साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
khabarhub.com · Mon Aug 10 14:00:22 GMT 2026

काठमाडौं – सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । भक्तजनले शिवको विशेष पूजाआराधना गरी साउने सोमबारको व्रत समापन गरेका हुन् ।
धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने परम्परा रहिआएको छ । आज बिहानैदेखि पशुपतिनाथ मूल मन्दिरको बाहिरी क्षेत्रमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र वर्तालु भक्तजनको घुइँचो थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)