लोकतन्त्रमा हार-जीत स्वाभाविक हो, यो अन्त्य होइन, नयाँ शुरूआत हो : गुरूराज घिमिरे
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित गुरूराज घिमिरेले आफ्नो राजनीतिक यात्रा नयाँ शिराबाट अघि बढाउने बताएका छन् । उनले महाधिवेशनमा आफूलाई विश्वास गरेर मत दिने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै पार्टी रूपान्तरणको अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका हुन् ।
घिमिरेले महामन्त्री पदमा आफूलाई प्राप्त मत संख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिएको बताएका छन् । ‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)