'म मन्त्री बन्ने दौडमा नरहेको जानकारी गराउँदछु'
ratopati.com · Mon Aug 10 14:09:26 GMT 2026

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा दलका नेता इन्द्रबहादुर आङ्बोले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । उनकै नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने तयारी भएको विषयमा नेकपा कोशी प्रदेशका इन्चार्ज राजेन्द्र राईले सोमबार संकेत गरेका थिए ।
सोही विषयमा समाचार प्रकाशित भएपछि आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका हुन् । ‘पार्टीका नेता तथा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा सदिच्छाको निम्ति धन्यवाद ! तर म मन्त्री बन्ने दौडमा नरहेको जानकारी गराउँदछु,’ उनले लेखेको स्टाटसमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)