मधेशमा सूर्यले तोड्यो आईभिएफ सेवा नपाइने क्रमभंगता
rajdhanidaily.com · Tue Jan 16 23:23:24 GMT 2024
वीरगन्ज । निसन्तान दम्पतिले आई भि एफ पद्धतिबाट सन्तान प्राप्तिका लागि मधेश प्रदेशमा सेवा नपाएको क्रमभंगता वीरगन्जको सूर्य अस्पतालले तोडिदिएको छ । वीरगन्जको सूर्य अस्पतालले यो सेवा सुरु गरेपछि एक वर्षको अवधिमा ५० जोडीले सन्तान प्राप्त गरिसकेका छन् । यो तथ्याँकले मधेश प्रदेशबाट आई भि एफ सेवा लिन बाहिर जानुपर्छ भन्ने निरन्तरताको क्रमभंग भएको हो ।
लामो समय सन्तान नपाएका पीडित जोडीले काठमाण्डौ र बाहिर गएपछि मात्र सेवा पाइन्छ भन्ने मनोरोगलाई पनि यो उपलब्धिले निधान गरेको स्थानीयको दावी छ । वीरगन्जबाट अब आई भि एफ सेवाबाट सन्तान प्राप्त हुने भएपछि स्थानीय निसन्तान दम्पती र उनका परिवारमा खुशी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)