अन्नपूर्ण पदमार्गमा बढ्न थाल्यो पर्यटकको आगमन
clickmandu.com · Mon Oct 12 03:36:46 GMT 2026

लमजुङ । बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा कमी आएको पर्यटक आगमन थोरङ्ला पास जाने बाटो सहज बनेसँगै वृद्धि हुन थालेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)