महामन्त्री पराजित घिमिरेको दाबी - यो राजनीतिक यात्राको अन्त्य होइन, नयाँ सुरुवात हो
nepalviews.com · Mon Oct 12 03:48:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले निर्वाचन परिणाम सार्वजनिक भएपछि आफूलाई मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई प्राप्त १,५१३ मतलाई सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राका लागि ठुलो प्रेरणाको रूपमा लिएको बताएका छन्।
उनले नवनिर्वाचित उपसभापति तथा अन्य पदाधिकारीहरूलाई बधाई दिँदै देश र पार्टीसामु रहेका चुनौतीहरू सामना गर्न नेतृत्वले आन्तरिक सामर्थ्य वृद्धि गर्ने, पार्टीभित्र हार्दिकता र एकता कायम गर्ने तथा मूल्याङ्कन पद्धतिलाई पारदर्शी बनाउने दिशामा काम गर्ने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)