राति कपिलवस्तु र अर्घाखाँचीमा ठूलो वर्षा
Ujyaaloonline.com · Sun Oct 05 23:38:58 GMT 2025

काठमाण्डौ – गएराति कपिलवस्तु र अर्घाखाँचीमा ठूलो पानी परेको छ । बितेको ६ घण्टामा कपिलवस्तुको भवगानपुरमा ९६ मिलिमिटर र अर्घाखाँचीको राङसिङमा ६७ मिलिमिटर पानी परेको छ। दाङ, मनाङ, कास्की, लमजुङ लगायतका जिल्लामा पनि मध्यम खालको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ ।
अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । काठमाण्डौ उपत्यका सहित देशका विभिन्न ठाउँमा अत्यधिक वर्षा गराएको मौसमी प्रणाली देशबाट बाहिरिएको छ । शुक्रवार र शनिवार धेरै ठाउँमा वर्षा गराएको प्रणाली हिजो दिउँसोदेखि बाहिरिएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । कोशी जलाधारको केही ठाउँमा हिजो दिनभर भएको वर्षा पनि रोकिएको छ । वर्षा रोकिए पनि कोशी नदीको बहाव अझै उच्च रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविदको सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)