पौने ४ अर्ब खर्चेर माछा बाँच्न योग्य र पौडिन मिल्ने स्तरमा गुहेश्वरीमा यसरी गरिंदैछ ढल प्रशोधन
techpana.com · Mon Aug 10 14:23:59 GMT 2026

काठमाडौं । काठमाडौँ उपत्यकाको सभ्यता र धार्मिक आस्थाको केन्द्र बागमती नदीलाई पुनर्जीवन दिन गुहेश्वरीमा अत्याधुनिक ढल प्रशोधन केन्द्र सञ्चालनमा छ । विगतमा बागमती सफाइका अनेकौं अभियान सञ्चालन भए पनि नदीको स्वरूपमा उल्लेख्य परिवर्तन आउन सकेको थिएन । तर, अहिले गुहेश्वरीमा सञ्चालित वेस्ट वाटर ट्रिटमेन्ट प्लान्टले ढल मिसिएको लेदो पानीलाई माछा पौडिन मिल्ने र घरायसी प्रयोजनमा ल्याउन सकिने गरी सफा बनाउन थालेको छ ।
काठमाडौँको गुहेश्वरी क्षेत्रमा रहेको यो ढल प्रशोधन केन्द्रले करिब ४ लाख जनसङ्ख्याबाट निस्कने फोहोर पानीलाई व्यवस्थापन गर्ने क्षमता राख्छ । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख रामकुमार श्रेष्ठका अनुसार, यो एक 'सेन्ट्रलाइज्ड वेस्ट वाटर ट्रिटमेन्ट सिस्टम' हो । यसले प्रतिदिन ३ करोड २४ लाख लिटर (३२.४ एमएलडी) फोहोर पानी प्रशोधन गरेर बागमतीमा पठाउँछ । पशुपति क्षेत्रभन्दा माथिल्लो भेगका बस्तीहरूबाट आउने ढललाई प्रशोधन गरी पशुपति क्षेत्रमा सफा पानी बगाउने उद्देश्यका साथ यो केन्द्र निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)