यात्रुबाहक बस राप्तीमा नदीमा खस्यो, ४ जनाको मृत्यु
lokaantar.com
दाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेपालगन्जबाट काठमाडौँका लागि हिँडेको यात्रुबाहक बस शुक्रबार राति राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट नदीमा खसेको हो ।
भे १ ख ३९१२ नम्बरको उक्त बसमा सवारमध्ये ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै २५ जनाभन्दा बढी घाइते भएको भन्दै प्रहरीले उद्धार गरेर विभिन्न अस्पतालमा पठाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)