केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न सुझाव
Ujyaaloonline.com · Sun Oct 05 23:48:48 GMT 2025

काठमाण्डौ – केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले आग्रह गरेको छ । विभागका अनुसार पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या छ । यस राजमार्गको काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको विभागले जनाएको छ ।
यसैगरी मेची राजमार्गको इलाम खण्डमा धेरै समस्या आएको र बिपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागको भनाइ छ । गएको वर्ष असोज दोस्रो हप्ताको बाढीले क्षति गरेपछि बिपी राजमार्गका करिब डेढ दर्जन ठाउँमा ‘डाइभर्सन’ गरिएको थियो । यस वर्ष ती संरचना भत्काएकाले बाढी सामान्य अवस्थामा फर्केपछि काम शुरु गरिने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)