मुस्ताङबाट बाहिरिए पाँच सय ३६ मालबाहक कन्टेरन
gorkhapatraonline.com · Mon Oct 12 04:02:02 GMT 2026

अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले मुस्ताङमा रोकिएका पाँच सयभन्दा बढी कन्टेनर बाहिरिएका छन् । कालीगण्डकी करिडोरको बेनी जोमसोम–कोरला सडक खण्ड अवरुद्ध भएपछि करिब दुई सातादेखि मुस्ताङमा रोकिएका पाँच सय ३६ कन्टेरन, ट्रक आइतबार साँझसम्म मुस्ताङको घाँसाबाट गन्तव्यतर्फ प्रस्थान गरेका हुन् ।
एकतर्फी सञ्चालन भइरहेको सडकखण्डमा लेते नाका भएर असोज १५ देखि २० गतेसम्म ६९ वटा, २१ गते ४४ वटा, २२ गते ७० वटा, २३ गते ८५ वटा, २४ गते ८८ वटा र २५ गते सबैभन्दा बढी १८० वटा कन्टेनरहरू बाहिरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)