नेपालमै पहिलो पटक भद्रपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता हुँदै
annapurnapost.com · Mon Oct 12 04:06:51 GMT 2026
झापा : नेपालमै पहिलो पटक झापाको भद्रपुरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुर नगर हक्की संघको आयोजनामा भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माविको खेल मैदानमा आगामी कात्तिक १३, १४ र १५ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
प्रतियोगितामा नेपालका ८, भारतका ३ र बंगलादेशका १ वटा गरी १२ वटा टोलीले सहभागिता जनाउने भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोजकुमार बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराए। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रयोजक रहेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रथम पुरस्कार ओम साई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपक पोखरेल र दोस्रो पुरस्कार समाजसेवी भद्रपुर–९ निवासी राजकुमार राईले प्रायोजन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)