टिपरको ठक्करबाट दाङमा बालकको मृत्यु, सडक अवरुद्ध
kendrabindu.com · Mon Oct 12 04:12:15 GMT 2026

दाङ । टिपरको ठक्करबाट घोराहीमा एक बालकको मृत्यु भएको छ । घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा रा.१ ख २५११ नम्बरको टिपरले सोमबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ का ६ बर्षीय राजन अधिकारीको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते बालकको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)