इट्टाभट्टाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दुई जना घाइते
hamrakura.com · Sat May 16 00:00:00 GMT 2026
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका – ५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ इट्टाको चाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको प्रखाल भत्किँदा काम गरिरहेका मजदुरहरू माटो र इट्टाले पुरिएका थिए। स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)