महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने : नयाँ शिराबाट राजनीतिक यात्रा अघि बढाउँछु
annapurnapost.com · Mon Oct 12 04:22:14 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले आफ्नो राजनीतिक यात्रा नयाँ शिराबाट अघि बढाउने बताएका छन् । प्रदीप पौडेल र उदय शमशेर राणासँग पराजित भएका उनले लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको बताएका हुन्।
उनले यो अन्त्य नभई, नयाँ सुरुवात भएको बताए। ‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो। म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ—जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन्।’ निवर्तमान महामन्त्री घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो। यहाँहरूको विश्वासलाई शिरोपर गर्दै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहनेछु।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)