भक्तपुरका नौ शक्तिपीठमा नवरात्रि मेला सुरु, नौ दिनसम्म रातभरि जात्रा
bishowkhabar.com · Mon Oct 12 04:21:49 GMT 2026

काठमाडौं – बडादसैँको घटस्थापनासँगै भक्तपुरका विभिन्न शक्तिपीठमा लाग्ने परम्परागत नवरात्रि मेला सुरु भएको छ । घटस्थापनाको रातदेखि सुरु हुने यो मेलामा स्थानीयवासी बाँसुरी, धिमे लगायतका परम्परागत बाजागाजासहित शक्तिपीठ पुगेर पूजा गर्ने र जात्रा मनाउने गर्छन् ।
भक्तपुरको ब्रह्मायणी मन्दिरमा घटस्थापनाको रातदेखि नै दर्शनार्थीको चहलपहल बढेको छ । नौ दिनसम्म नगरका विभिन्न शक्तिपीठमा रातिको समयमा मेला लाग्ने भएकाले स्थानीयवासी टोलटोलबाट बाजागाजासहित मन्दिर पुग्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)