पहिलो रंगीन फिल्म ‘कुमारी’ हेर्न दर्शकको लाग्यो भिड
ratopati.com · Mon Aug 10 15:14:46 GMT 2026

काठमाडौँ । नेपाली चलचित्र इतिहासको एउटा महत्त्वपूर्ण अध्याय, पहिलो रंगीन चलचित्र ‘कुमारी’ सोमबार राजधानीको चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा विशेष प्रदर्शन गरिएको छ ।