मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फोर्स गोर्खा सार्वजनिक हुँदै

abhiyandaily.com

काठमाडौं (अस) । फोर्स मोटर्स नेपालले नयाँ गाडी फोर्स गोर्खा नेपाली बजारमा बिक्री वितरण गर्ने भएको छ । यो गाडी नेपालका सडकलाई उपयुक्त रहेको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले बताए ।

ग्राउन्ड अप मोडुलर आर्किटेक्चर प्लेटफर्ममा निर्मित गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जीवागनलाई प्रतिविम्बित गर्ने कम्पनीले बताएको छ । लामो र चौडा बनावट भएको गोर्खाको क्याबिन फराकिलो एवं आरामदायी छ । यसमा चारै जना यात्रुका लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेस व्यवस्था छ । मर्सिडिज निर्मित २६०० सिसी इन्जिन जडित गोर्खा आफ्नो श्रेणीमा एक मात्र यस्तो गाडी हो, जुन बिनाकुनै समस्या तीन अंकको गतिमा राजमार्गमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)