साम्य भयो वीरगन्जको समस्या
newsofnepal.com · Sun Apr 13 17:01:10 GMT 2025
वीरगन्ज।
वीरगन्जमा हनुमान जयन्तीको शोभा यात्राका क्रममा उत्पन्न भएको विवादलाई साम्य पार्न आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे महत्वपूर्ण सहमति जुटाएको छ। दिनभरको सकारात्मक छलफलपछि भएको यो सहमतिले वीरगन्जमा देखिएको तनावलाई शान्तिमा परिणत गर्ने बलियो आधार खडा गरेको छ।बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी भई दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)