रुसी सेनामा भर्ती भएका ढकाल युक्रेनी सेनाको कब्जामा
rajdhanidaily.com · Thu Dec 07 23:00:26 GMT 2023
काठमाडौं । रसियन फोर्समा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ । कब्जामा रहेका उनी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–६ ढकालथोकका सिद्धार्थ ढकाल हुन् ।
करिब दुई महिनाअघि पढाइको सिलसिलामा रसिया पुगेका उनी रसियन फोर्समा भर्ती भएका थिए । ४ मिनेट १९ सेकेन्डको भिडियो सार्वजनिक गर्दै उनले आफू २२ वर्षको भएको बताएका छन् । आफू एक युनिभर्सिटीमा पढ्न आएको र युनिभर्सिटीले मागेको पैसा नदिए घर फर्कन भनेको र पछि आफू रसियन आर्मीमा भर्ना भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)