मुख्यमन्त्री सम्मेलनको तयारी पूरा
gorkhapatraonline.com · Mon Oct 12 05:20:04 GMT 2026

प्रदेशको राजधानी विराटनगरमा ‘मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका अधिकार सुनिश्चित, वित्तीय सङ्घीयता र अन्तरप्रदेश सहकार्यलाई प्रभावकारी बनाउन सम्मेलन गर्न लागिएको जानकारी दिनुभएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले असोज २७ र २८ गते आयोजना हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा जानकारी दिनुभएको हो ।
समितिका संयोजक एवं कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले सम्मेलनका उद्देश्य तथा कार्यसूचीबारे पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उपाध्यक्ष निरौलाका अनुसार सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)