छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस
deshsanchar.com · Sun Apr 13 17:15:14 GMT 2025

नवलपरासी (बर्दघाट) –पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ। त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ। अनौठो त के छ भने त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र अविवाहितको सङ्ख्या बराबर जस्तै छ।
तराई क्षेत्रमा विवाह भएपछि अधिकांशले बुहारीलाई पढाउन स्कुल, कलेज नपठाउने प्रचलन अझ पनि कायमै छ, तर अहिले भने क्रमशः त्यो प्रचलन हट्दै गएको छ। त्यसको उदाहरण यही क्याम्पसमा अध्ययन गर्न आउने विवाहित छात्रालाई लिन सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)