धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत
ratopati.com · Mon Oct 12 05:26:14 GMT 2026

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिए ।
सहकारीमार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम भएका छन् । उनले ८९ हजार एक सय २८ लिटर दूध बिक्री गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)