सहमहामन्त्री खुलातर्फ खतिवडाको अग्रता, शिवाकोटी दोस्रो स्थानमा
sutranews.com · Mon Oct 12 05:29:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको छ । जारी मतगणनाको पछिल्लो विवरणअनुसार रामहरि खतिवडाले ९१७ मत प्राप्त गरेका छन् । सहमहामन्त्री खुलातर्फ अजय शिवाकोटीले ६५३ मत प्राप्त गर्दा डिल्लिराज सुवेदीले ५०० र देवेन्द्रराज कडेलले ३९५ मत पाएका छन् । त्यस्तै, विकास कोइरालाले ३३०, राजीव ढुंगानाले २९३, रमेशप्रसाद धमलाले २४४ र अमृतकुमार अर्यालले २०४ मत प्राप्त गरेका छन् । यसैगरी, विमलराज क्षेत्रीले ७२ मत पाएका छन् । सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)