मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तरलता र सस्तो ब्याजदरका बाबजुद उठ्न नसकेको सेयर बजार

ratopati.com · Mon Oct 12 05:34:57 GMT 2026

नेपालको अर्थतन्त्र पछिल्लो समय अनौठो विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त तरलता थुप्रिएको छ । ब्याजदर घटेर एकल विन्दुमा झरेको छ भने अर्कोतिर सेयर बजारले अपेक्षित गति लिन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले पुँजी बजारलाई लक्षित गर्दै सेयर धितो कर्जाको जोखिम भारलगायतका नीतिहरूमा लचकता अपनाए पनि बजार परिसूचकमा भने त्यसको सकारात्मक प्रभाव उत्साहजनक रूपमा प्रतिविम्बित हुन सकेको छैन । यस्तो अवस्था किन सिर्जना भइरहेको छ त ? यसका पछाडि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अस्थिर नीति, लगानीकर्ताको मनोबल, प्राकृतिक विपत्ति तथा चाडबाडलक्षित अर्थतन्त्र मुख्य कारकको रुपमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)