मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन, टेकपाइला इनोभेसन्ससँग बन्यो विशेष B2C पार्टनर

ajakoartha.com · Tue Jun 30 06:18:00 GMT 2026

बुटवल– लुम्बिनी क्षेत्रलाई आधुनिक डिजिटल केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ बुटवलको सिद्धार्थ कटेजमा आयोजित एक विशेष समारोहका बीच लुम्बिनी टेक इनोभेसन सेन्टर (LTIC) को औपचारिक उद्घाटन गरिएको छ। यो सेन्टर प्रविधि क्षेत्रको प्रतिष्ठित संस्था टेकपाइला इनोभेसन्स (TechPaaila Innovations) को विशेष B2C पार्टनरको रूपमा बजारमा आएको हो।

कार्यक्रम लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा लुम्बिनी क्षेत्रलाई 'ग्लोबल टेक हब' (Global Tech Hub) बनाउने दीर्घकालीन सोचसहित आर्टिफिसियल इन्टेलिजेन्स (AI), साइबर सुरक्षा (Cybersecurity) र डाटा साइन्स (Data Science) कोर्सहरूको मार्गचित्र प्रस्तुत गरिएको थियो। यस सेन्टरले उच्चस्तरीय सफ्टवेयर विकास, मोबाइल एप विकास, साइबर सुरक्षा परामर्श, डाटा सुरक्षा (Data Protections) का साथै आईटी इन्कुबेसन सेन्टर र स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्ने सेवाहरू समेत प्रदान गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)