नयाँ शिराबाट राजनीतिक यात्रा अघि बढाउने गुरुराज घिमिरेको प्रतिबद्धता
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गुरुराज घिमिरेले आफूलाई अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त परिणामबाट विचलित नभई नयाँ शिराबाट राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशनको नतिजापश्चात् आफ्नो धारणा सार्वजनिक गर्दै उनले महामन्त्री पदमा आफूलाई विश्वास गरेर १,५१३ मत प्रदान गर्ने सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरे। उनले प्राप्त मत केवल सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राका लागि ठूलो प्रेरणाको स्रोत भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)