अर्बपति विनोद चौधरीको राजनीतिक छलाङ: एमालेको समानुपातिक सांसददेखि कांग्रेसको उपसभापतिसम्म
reportersnepal.com · Mon Oct 12 05:36:19 GMT 2026

काठमाडौं । नेपालको उद्योग–व्यवसाय क्षेत्रमा स्थापित नाम हो, विनोद चौधरी । उद्योग–व्यवसायमा सफलता हासिल गरेका उनले पछिल्लो समय राजनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्दै आएका छन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीको राजनीतिक यात्रा भने प्रत्यक्ष निर्वाचनदेखि पार्टीभित्रको समावेशी प्रतिनिधित्व हुँदै नेतृत्व तहसम्म पुगेको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशी कोटामा उनी उपसभापति निर्वाचित भएका छन् । उनले १ हजार ७४५ मत प्राप्त गर्दै उपसभापतिको जिम्मेवारी हासिल गरेका हुन् । व्यवसायमा साम्राज्य निर्माण गरेका चौधरीको राजनीतिक यात्रा एमालेको समानुपातिक सांसदबाट सुरु भएर कांग्रेसको शीर्ष नेतृत्वसम्म आइपुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)