स्थानीयको विरोधकै बीच मिश्रको सालिक निर्माणको काम धमाधम
ekantipur.com · Sun Apr 13 17:43:04 GMT 2025

जनकपुरधाम — स्वर्गीय नेता रामनारायण मिश्रको सालिक निर्माण स्थललाई लिएर विरोध सुरु भएको छ । जनकपुरधामको गंगा सागरपूर्व डिलमा निर्माण भइरहेको सालिकको बजरंग युवा क्लबको अगुवाइमा विरोध भएको हो ।
रामनारायण मिश्र स्मृति स्मारक समितिले मधेश प्रदेश सरकारको ५ करोड ७४ लाख ९६ हजार सहयोगमा सालिक निर्माण गरिरहेको छ । तर, सालिक निर्माणले ऐतिहासिक संरचना मास्ने भन्दै स्थानीयले विरोध गर्दै धर्नासमेत दिएका छन् । निर्माणस्थल छेउमै स्थानीय धर्नामा बसेका छन् । तर, काम पनि धमाधम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)