मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माथिल्लो कर्णाली आयोजना अघि बढाउने तयारी

gorkhapatraonline.com · Mon Oct 12 05:53:58 GMT 2026

। माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माण अगाडि बढाइने भएको छ । लामो समयदेखि अलपत्र परेको नौ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना तत्काल बढाउन लगानी बोर्डले चासो देखाएको छ ।

शुक्रबार बसेको लगानी बोर्डको बैठकले परियोजना विकास सम्झौताको प्रावधानबमोजिम तत्काल निर्माण अघि बढाउने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको हो । २०७१ सालमा परियोजना विकास सम्झौता (पिडिए) भएको थियो । पिडिए अनुसार त्यसको दुई वर्षभित्रैमा लगानीको स्रोत जुटाउनुपर्ने र स्रोत सुनिश्चित भएको पाँच वर्षभित्र आयोजना निर्माण सम्पन्न गरेर उत्पादन सुरु गर्नुपर्ने सम्झौता थियो । निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी जिएमआरले लगानी जुटाउन सकेको छैन, जबकि सम्झौता अनुसार २०७३ भित्र लगानी जुटाइसक्नुपर्ने थियो । थप १० वर्ष बितिसक्दा पनि लगानी नजुटेरै माथिल्लो कर्णाली जलविद्युत् आयोजना अल्झिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)