‘सिम्रिक इनिसिएटिभ’ले उद्यममा लगानी गर्ने
nagariknews.nagariknetwork.com · Mon Oct 12 05:43:54 GMT 2026

महिला उद्यमीहरूको पुँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ सुरु गरेको छ। परम्परागत बैंकिङ प्रणालीमा घरजग्गा धितो राख्न नसकेकै कारण लगानीबाट बञ्चित भइरहेका सम्भावनायुक्त महिला उद्यमलाई प्राथमिकता दिने लक्ष्यसहित यो पहल अघि बढाइएको हो।
ललितपुरस्थित ‘द प्लाजा’मा आयोजित कार्यक्रममा संयुक्त दिगो विकास लक्ष्य कोष, खाद्य तथा कृषि संगठन र ह्यान्ड–इन–ह्यान्ड इनिसिएटिभसँगको सहकार्यमा सिम्रिक इनिसिएटिभको शुभारम्भ गरिएको हो। ‘महिलाका लागि, महिलाद्वारा’ भन्ने मूल अवधारणामा आधारित यस पहलले महिला नेतृत्वका उद्यमलाई वित्तीय स्रोत, व्यावसायिक सहजीकरण र बजार विस्तारका अवसरसँग जोड्नेछ। यसअन्तर्गत नेपाल धितोपत्रबोर्ड (सेबोन) बाट स्वीकृत निजी इक्विटी फन्ड ‘सिम्रिक फन्ड’ मार्फत सम्भावनायुक्त महिला उद्यममा लगानी गरिनेछ। यस फन्डमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुख्य लगानीकर्ताका रूपमा आबद्ध छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)