नगरकोटमा चारदिने ‘चङ्गा चेट’, लाइभ म्युजिकदेखि हिटेड स्विमिङसम्मका आकर्षण
saralpatrika.com · Mon Oct 12 05:58:22 GMT 2026

काठमाडौं। दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि(दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो।
नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि दसैँको अवसरमा चङ्गा उडाउने तथा सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। यही परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने र नेपाली संस्कृति, पारिवारिक जमघट तथा सामूहिक उत्सवलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा विदेशी पर्यटकका लागि समेत विशेष आकर्षण रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)