घटस्थापनामा एमएडब्ल्यू अर्थमुभर्सले गर्यो २७ भन्दा बढी जेसीबी मेसिन हस्तान्तरण
baahrakhari.com · Mon Oct 12 05:55:44 GMT 2026

काठमाडौं । नेपालका निम्ति जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले घटस्थापनाका अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ‘जेसीबी शुभारम्भ’ कार्यक्रमअन्तर्गत विभिन्न मोडेलका मेसिन हस्तान्तरण गरेको हो ।
घटस्थापनाको परम्पराअनुसार मेसिनको पूजा गरी टीका र माला अर्पण गरेपछि ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा ग्राहकका परिवार तथा कम्पनीका प्रतिनिधिको सहभागिता थियो । हस्तान्तरण गरिएका मेसिनमा जेसीबी ३डीएक्स ब्याकहो लोडर, एक्साभेटर र एग्रिम्याक्सलगायत मोडेल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)