चाडपर्वमा गाउँ फर्किनेको भिड
gorkhapatraonline.com · Mon Oct 12 06:02:00 GMT 2026

नेपालीको महान् चाड बडादसैँ भित्रिएपछि सर्वसाधारण घर फर्किने क्रम बढेका छन् । जाजरकोटका सात वटा स्थानीय तहबाट रोजगारी, ज्यालामजदुरी, उच्च शिक्षा अध्ययनको सिलसिलामा बाहिर बसेका सर्वसाधारण चाडपर्व मनाउन घर फर्किन थालेपछि बसपार्क तथा नाकामा चहलपहल बढेको हो ।
एक वर्षमा आउने चाड बडादसैँ, तिहारमा मनाउन घर आउन थालेपछि बसपार्कमा यात्रुको चहलपहल बढदै गएको छ । नेपालगन्ज, सुर्खेत, काठमाडौँ, पोखरा, चितवनलगायतमा सहरबाट बडादसैँका लागि घर आउने विद्यार्थी, ज्यालामजदुरी तथा रोजगारीको सिलसिलामा बसेका सर्वसाधारण घर आउन थालेपछि नाका तथा बसपार्कमा भिड बढ्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)