नवरात्र दोस्रो दिन : ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना
ratopati.com · Mon Oct 12 06:05:28 GMT 2026

काठमाडौँ । आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन सोमबार दसैँ घर वा पूजा कोठामा ९ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।
सोही दिन घटस्थापना गरिएको स्थानमा ९ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)