मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक विद्यालय, एक नर्स : सामुदायिकमै भएन पूर्ण कार्यान्वयन,  संस्थागत विद्यालय कार्यक्रमप्रति नै असन्तुष्ट

nayapatrikadaily.com · Sat Apr 15 00:19:00 GMT 2023

हजारभन्दा धेरै विद्यार्थी भएका सामुदायिक र संस्थागत (निजी) माध्यमिक विद्यालयमा एक नर्स अनिवार्य गर्ने सरकारी नीति ६ वर्षसम्म अलपत्र परेको छ । सामुदायिक विद्यालयमै पूर्ण कार्यान्वयन भएको छैन भने निजी विद्यालयले कार्यक्रमप्रति नै असन्तुष्टि जनाउँदै आफूखुसी निर्णय गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले ०७४ जेठमा शिक्षा मन्त्रालय, प्याब्सन र एन प्याब्सनलगायत सरोकारवाला निकायसँग समन्वय गरेर कार्यक्रम लागू गरेको थियो । तर, उपत्यकामै कार्यक्रम पूर्ण कार्यान्वयन हुन सकेको छैन । घरबाहेक बालबालिका बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरूलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा लागू गरिएको थियो । स्थानीय तहले सामुदायिक विद्यालयमै यो नीति कार्यान्वयन गरेका छैनन् । संस्थागत विद्यालयले त कार्यक्रमप्रति नै असन्तुष्टि जनाउँदै आएका छन् । संस्थागत विद्यालयको छाता संगठन प्याब्सनले विद्यालयमा नर्स राख्नुपर्ने व्यवस्था अनिवार्य गर्न नमिल्ने बताउँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)