बुस्टर दाना बेच्ने कम्पनीले एकै वर्ष गर्यो सवा २ अर्बको व्यापार
clickmandu.com · Mon Oct 12 06:23:17 GMT 2026

काठमाडौं । नेपाली बजारमा बुस्टर र सौगुना ब्रान्डको दाना बेच्ने बुस्टर फिड इन्डष्ट्रिजले एकै वर्ष सवा २ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२५ मा १ अर्ब ९७ करोड १० लाख रुपैयाँ र सन् २०२४ मा १ अर्ब ९१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको सन् २०२३ देखि सन् २०२६ सम्ममा समग्र वार्षिक व्यापार ८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीअनुसार गत आर्थिक वर्षमा सन् २०२५ को तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)