मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगन्जमा हट्यो कर्फ्यु

ekantipur.com · Sun Apr 13 18:23:16 GMT 2025

पर्सा — वीरगन्जमा शनिबार झडप भएपछि लगाइएको कर्फ्यु आइतबार राति १२ बजेदेखि हटाइएको छ । हनुमान जयन्तीको शोभायात्राका क्रममा शनिबार वीरगन्जको छपकैया क्षेत्रमा दुई समूहबीच तनाव भएपछि स्थानीय प्रशासनले शनिबार साँझ साढे ६ बजेदेखि कर्फ्यु लगाएको थियो । सर्वपक्षीय बैठकले पाँचबुँदे सहमति गरेपछि कर्फ्यु हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा घटनामा संलग्नमथि बिस्तृत छानबिन गरी कारबाही गर्ने, अन्तरधार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारवाही प्रक्रियामा सहयोग पुर्‍याउने, घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने र भौतिक सम्पत्ति नष्टमा क्षतिपूर्तीका लागि प्रशासनले पहल गर्ने सहमति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)