नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बाँकी पदको मतगणना आजदेखि
ratopati.com · Mon Oct 12 06:32:19 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको विभिन्न पदको मतगणना आजदेखि पुनः सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २३ गते बेलुका ९:०० बजेदेखि सुरु भएको मतगणना प्रक्रियाअन्तर्गत बाँकी रहेका पदहरूको गणना आज दिउँसो १२:३० बजेदेखि सुरु हुन लागेको हो।
सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा मतगणना हुनेछ । आज सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) (मतपत्र नं. ११) को मतगणना हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)