सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन
gorkhapatraonline.com · Sun Oct 08 06:21:48 GMT 2023
काठमाडौँ, असोज २१ गते । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार सो क्षेत्रबाट मनसुन बाहिरिएको र बाँकी भूभागबाट पनि केही दिनमा बाहिरिने सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार मनसुनी प्रणालीको असर लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा अझै केही दिन रहने देखिन्छ । नेपालमा गत जेठ ३१ गते मनसुन भित्रिएको थियो तर करिब एक सातापछि मात्रै देशभरि फैलिएको थियो । गत सोमबार असोज १५ गते नै मनसुन बाहिरिने अनुमान गरिएकोमा यस वर्ष केही ढिला गरी मनसुन बाहिरिन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)